काठमाडौं । प्रस्तावित शिक्षा विधेयकविरुद्ध प्रदर्शनमा उत्रेका मोहन वैद्य निकट अखिल क्रान्तिकारीका केही विद्यार्थीहरूलाई प्रहरीले पक्राउ गरेको छ ।
निषेधित क्षेत्र तोड्दै सिंहदरबार गेटभित्र प्रवेश गरेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
शिक्षा विधेयकको विरुद्धमा शिक्षकहरुले गरिरहेको आन्दोलनमा वैद्यनिकट विद्यार्थीहरु सहभागी भएका थिए । शान्तिपूर्ण आन्दोलन भइरहँदा उनीहरुले प्रहरीलाई घेरा तोडेर सिंहदरबारको दक्षिण गेटभित्र प्रवेश गरेका हुन् । प्रहरीले पक्राउ गरी उनीहरुले नारावाजी गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्