Ads

सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता जारी


काठमाडाैँ । शिक्षा विधेयकविरूद्ध आन्दोलनरत शिक्षक र सरकारबीच गृहमन्त्रालयमा वार्ता सुरू भएको छ।

सरकार र शिक्षकबीच बिहान ९ बजे आन्दोलनरत शिक्षकहरुसँग सरकारले छलफल गर्ने भने पनि दुवै पक्षले आन्तरिक छलफल गर्ने भन्दै वार्ता समय सारिएको थियो । तर, दुबै पक्ष आन्तरिक तयारीमा जुटेकाले वार्ता दिउँसोका लागि धकेलिएको थियो।

कानून न्याया तथा संसदीय मामिला मन्त्री धनराज गुरूङले आज वार्ता निष्कर्षमा पुग्ने बताएका छन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक राईले पनि शिक्षकहरूको मागका विषयमा सरकार गम्भीर रहेकाले निष्कर्षमा पुग्ने बताएका छन्।

सरकार र शिक्षकबीच बिहीबार पनि बिहान र बेलुका दुई चरणमा छलफल भएको थियो। तर, सरकारले पत्र नदिएकाले अनौपचारिक छलफल भएको र विषयमा प्रवेश नै नगरेको नेपाल शिक्षक महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले बताए।

असोज ३ गतेदेखि विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक नेपाल शिक्षक महासंघ १८ बुँदे माग राख्दै आन्दोलनमा छ।

Ads

सम्बन्धित पोष्टहरू