Ads

नेपाल र चीनको १३ बुँदे संयुक्त विज्ञप्ति, हेर्नुहोस् पूर्णपाठ


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ छिमेकी राष्ट्र चीनको भ्रमणमा रहेका बेला विभिन्न सम्झौताहरु भएका छन् । असोज ६ गतेबाट सुरु भएको प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण असोज १३ गतेसम्म चल्नेछ भने त्यस क्रममा भएका विभिन्न १३ बुँदे सम्झौताको पूर्ण पाठ सार्वजनिक भएको छ ।

विज्ञप्ति अनुसार ग्लोबल डेभलपमेन्ट इनिसिएटिभलाई नेपालले समर्थन गर्ने बताइएको छ । भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले चिनियाँ सरकार र जनताप्रति आभार व्यक्त गरेका छन् । न्यानो र मैत्रीपूर्ण स्वागतप्रति धन्यावाद दिँदै चिनियाँ नेताहरूलाई नेपाल भ्रमणको निम्तो दिएका छन् ।

महत्वपूर्ण राजनीतिक भेटवार्ता र बैठक सकाइसकेका प्रधानमन्त्री प्रचण्डले अबको तीन दिनमा विभिन्न स्थानको अवलोकनमा बिताउने छन् । उनी एक हप्ता लामो चीन भ्रमण सकेर असोज १३ गते स्वदेश फर्किने तालिका रहेको छ ।

Ads

सम्बन्धित पोष्टहरू