Ads

ई:लाई उपमेयर डंगोलले भेटेपछि ओलीले भने- महानगरबाट गरिबी लखेट्नुपर्छ, गरिब होइन


काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले फुटपाथ व्यवसायी र काठमाडौं महानगरपालिकाबीचको समस्या वार्ताबाट समाधान हुने आशा व्यक्त गरेका छन् ।

महानगरकी उपप्रमुख (उपमेयर) सुनीता डंगोलले मंगलवार बिहान फुटपाथ व्यवसायीको पक्षमा आन्दोलन गरिरहेका ‘ई’लाई भेटेको विषयलाई लिएर यस्तो आशा व्यक्त गरेका हुन् ।

ओलीले सामाजिक सञ्जालमा स्टाटस लेख्दै ‘फुटपाथ (सडक) व्यापार हाम्रो परम्परागत नेवारी व्यापार संस्कृतिको अंश पनि हो ।’ भनेका छन् ।

ओलीले लेखेका छन्, ‘हामीले महानगरबाट गरिबी लखेट्नु पर्छ, गरिब होइन ।’

उनले उपमेयरले भेटेको प्रसंग कोट्याउँदै दुवैजना युवा भएकाले छलफल गर्न र समाधान निकाल्न सुझाव दिएका छन् । साथै समाधानको उपाय के हुन सक्छन् भनेर सुझाव पनि मागेका छन् ।

Ads

सम्बन्धित पोष्टहरू