काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यो सरकार रहनु देशका लागि दुर्भाग्य भएको बताएका छन् । तर कांग्रेस कुन संसारमा छ भन्ने थाहा नभएका कारण विकल्प पनि नदेखिएको उनले बताए ।
शुक्रबार बिराटनगरमा विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले गठबन्धन सरकार नचलेको बताए । सरकार अपराधीको संरक्षकको रुपमा देखिएको भन्दै उनले भने, ‘यो सरकार रहनु देशका लागि दुर्भाग्य हो ।’
ओलीले आफूहरूले सरकारमा जान नचाहेको बताए । प्रमुख पार्टीहरु जिम्मेवार हुँदा अर्को विकल्प हुने भएपनि कांग्रेसले यसबारे नसोचेको उनले बताए । एमाले अध्यक्ष ओलीले भने, ‘कांग्रेस कुन संसारमा छ भन्ने नै थाहा छैन । देशको अवस्थाप्रतिको गम्भीरता केही देखिन्न ।’
ओलीले विराटनगरको मनास्लु पार्टी प्यालेसमा पार्टीको कोसी प्रदेश अधिवेशन आज उद्घाटन गर्दै छन् ।
प्रतिक्रिया दिनुहोस्