काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड र शेर बहादुर पटक-पटक प्रधनमन्त्री भए पनि केही नगरेको बताएका छन् । उनले उनीहरु प्रधानमन्त्री मात्रै भएको तर जनताका लागि केही नगरेको आरोप लगाए ।
एमाले कोशी प्रदेशको प्रथम अधिवेशनको उद्घाटन कार्यक्रम बोल्दै एमाले मात्रै जेष्ठ नागरिक, महिला, किशोरीहरूको समस्या बुझ्ने पार्टी भएको दाबी गरे ।
एमाले नेतृत्वको सरकारमा आफूले धेरै काम गरेको दाबी गर्दै ओलीले देउवा र प्रचण्डलाई प्रश्न गरेका थिए । ‘महिलाका लागि केही गर्नु भो ? शिक्षामा केही गर्नु भो ? उहाँहरूले केही गर्नुभएन,’ ओलीले भने ।
ओलीले एमाले नेतृत्वको सरकारले ३ वर्षमा गरेको कामले दुनियाँ आश्चर्यचकित भएको जिकिर गरे ।
प्रतिक्रिया दिनुहोस्