Ads

कोशीमा सर्वसम्मत गर्न निर्देशन दिँदै ओलीले भने: अलिकति नेताको इसारा पनि बुझ्नुहोस्


काठमाडाैँ । नेकपा एमाले कोशी प्रदेश अधिवेशनको उद्घाटन गर्दै एमाले अध्यक्ष केपी ओलीले सर्वसम्मत नेतृत्व चयन गर्न निर्देशन दिएका छन् ।

सर्वसम्मत नेतृत्व चयनले पार्टीभित्र आन्तरिक एकतामा वृद्धि हुने भन्दै ओलीले सर्वसम्मतिमा जोड दिएका हुन् ।

अन्तिम अवस्थासम्म समेत सर्वसम्मति नभए स्वस्थ रुपमा प्रतिस्पर्धा गर्न ओलीले अनुमति दिए । निर्वाचन हुने स्थिति आए पनि नेताको संकेतसमेत बुझ्न ओलीले भनेका थिए ।

‘अन्तिमसम्म सर्वसम्मति भएन भने मात्र स्वस्थ प्रतिस्पर्धा गर्नुहोस् । स्वस्थ प्रतिस्पर्धा गर्दा गुटबन्दी नगर्नुस् । प्रतिस्पर्धापछि जितहार हुन्छ । तर, त्यसलाई पछिसम्म विषय बनाउनु हुँदैन । त्यसैले, अधिवेशन सकिएपछि त्यसलाई हारजितको विषय पार्टीमा प्रवेश नगरोस् । भरसक निर्वाचन गर्ने स्थिति आए पार्टीका नेताहरूको इसारा पनि बुझ्नुस् । आज महासचिवलगायत अन्य नेताहरू यतै रहनुहुन्छ’, ओलीले भने ।

Ads

सम्बन्धित पोष्टहरू