Ads

एमसीसी प्रमुख अलब्राइट काठमाडौंमा, प्रधानमन्त्री प्रचण्डलाई भेट्दै


काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की प्रमुख कार्यकारी अधिकृत एलिस पी अल्ब्राइटसहितको टोली काठमाडौं आइपुगेको छ।

एमसीसी कार्यान्वयनको औपचारिक सुरुवात भएको ठीक एक महिनापछि अलब्राइटको नेतृत्वमा अमेरिकी प्रतिनिधिमण्डल आइतबार साँझ काठमाडौं आइपुगेको हो।

गत भदौ १३ गते एमसीसी कार्यान्वयनको औपचारिक सुरुवात भएको थियो। अलब्राइट नेतृत्वको प्रतिनिधिमण्डल आइतबार कतार हुँदै काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको बताइएको छ।

सो प्रतिनिधिमण्डलले सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्ने कार्यक्रम छ। नेपालमा रहँदा अलब्राइटले एमसीसीमा भएका प्रगति र समस्याहरूको बारेमा बुझ्ने तथा एमसीसी परियोजनाको केही क्षेत्रको अवलोकन पनि गर्ने कार्यक्रम तय भएको छ।

Ads

सम्बन्धित पोष्टहरू