काठमाडाैं । नेकपा एमाले कोशी प्रदेशको अध्यक्षमा घनश्याम खतिवडा निर्वाचित भएका छन् । प्रतिस्पर्धी विनोद ढकाललाई ८२ मतान्तरले हराउँदै खतिवडा अध्यक्षमा निर्वाचित भएका हुन् । विजयी भएका खतिवडाले ५१२ मत प्राप्त गरे भने ढकालले ४३० मत प्राप्त गरे।
प्रदेश कमिटीको उपाध्यक्षमा धनकुटाका टीकाराम चेम्जोङ निर्विरोध निर्वाचित भएका छन् । उनी यसअघि पनि प्रदेशको उपाध्यक्ष थिए । यस्तै, सचिवमा पाँचथरका राजकुमार भण्डारी निर्वाचित भएका छन् । ५२४ मत ल्याएर विजयी भण्डारी विजयी हुँदा अर्का उम्मेदवार उदयपुरका शैलेश लामाले ३८१ मत प्राप्त गरे ।
यस्तैगरी, उपसचिवमा झापाकी जलवर्षा राजवंशी ६२८ मत र खोटाङका देवान राई ६१० मत ल्याएर निर्वाचित भएका छन् । एमाले कोशी अधिवेशनमा कूल ९९७ प्रतिनिधिमध्ये ९७७ मत खसेको थियो ।
प्रतिक्रिया दिनुहोस्