Ads

प्रतिनिधिसभाको बैठक बस्दै, प्रमुख प्रतिपक्षी नेता ओलीले सम्बोधन गर्ने


काठमाडाैँ । प्रतिनिधिसभाको बैठक सोमबार दिउँसो १ बजे बस्दैछ।

यो बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन्।

देशको अर्थतन्त्र, सर्वसाधारणले ब्यहोर्नुपरेको महंगीलगायत समस्याबारे ओलीले संसद्मा बोल्न लागेका हुन् ।

प्रमुख प्रतिपक्षी दलका नेताले सम्बोधन गर्ने दिन प्रधानमन्त्री पनि संसद्को बैठकमा उपस्थित हुने परम्परा छ । प्रतिनिधि सभाको बैठक दिउँसो १ बजेका लागि राखिएको छ ।

Ads

सम्बन्धित पोष्टहरू