Ads

जनमतले कारबाही गरेका शिवचन्द्र कुशवाह एमाले प्रवेश


काठमाडौं । जनमत पार्टीबाट कारबाहीमा परेका बाराका शिवचन्द्र कुशवाह नेकपा एमाले प्रवेश गरेका छन् ।

कुशवाह बिहीबार एमाले केन्द्रीय कार्यालयमा अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरूको उपस्थितिमा एमाले प्रवेश गरेका हुन् । उनलाई ओलीसहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, मधेश प्रदेश इन्चार्ज योगेश भट्टराईलगायतका नेताहरूले स्वागत गरेका थिए ।

१० वैशाखमा भएको स्थानीय चुनावमा कुशवाह बारा क्षेत्र नम्बर २ मा जनमत पार्टीबाट उम्मेदवार बनेका थिए । ४ मंसिरको प्रतिनिधिसभा निर्वाचनमा माओवादी केन्द्रबाट उम्मेदवार रहेका उनी उपनिर्वाचनको केही दिनअघि जनमत पार्टी प्रवेश गरेका थिए । तर सत्ता गठबन्धनको समर्थन पाएका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग पराजित भएका थिए ।

तर जनमतले अनुशासन उल्लंघन गरेको अरोपमा ४ साउनमा कुहवाह सहितका चार नेतालाई कारबाही गरेको थियो ।

Ads

सम्बन्धित पोष्टहरू