Ads

प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगिन् राजदूत मेउली


काठमाडौं । नेपालका लागि स्वीजरल्याण्डकी नवनियुक्त राजदूत ड्यानिएल मेउलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग शिष्टाचार भेटवार्ता गरेकी छन् । बुधबार बिहान प्रधानमन्त्री दाहाललाई भेट्न राजदूत मेउली प्रधानमन्त्री निवास बालुवाटार गएकी हुन् ।

उनीहरु दुई जनाबीचको भेटका क्रममा द्विपक्षीय सहकार्य र दुई देशबिचको सम्बन्ध लगायतका विषयहरूमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यसअघिकी राजदूत एलिजाबेथ भोन क्यापलरले आफ्नो साढे पाँच वर्षे कार्यालय समाप्त गरेर स्वदेश फर्किएपछि उनको स्थानमा मेउली नेपाल आएकी हुन् ।

Ads

सम्बन्धित पोष्टहरू