काठमाडौं । एमसीसी पास गर्न माओवादी र समाजवादी सकारात्मक भएपछि आजका लागि बोलाईएको प्रतिनिधि सभा बैठकमा एमसीसीको छलफलले प्रवेश पाउने देखिएको छ ।
यस अघि लगातार २ पटक सूचना टाँस गरेर स्थगित भएको प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । आजको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौतामाथि छलफल हुने भएको छ ।
शनिबार संसद् सचिवालयले सार्वजनिक गरेको बैठकको सम्भावित कार्यसूचीमा ‘एमसीसीमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस हुने उल्लेख छ ।
प्रतिनिधिसभाको दशौँ अधिवेशनको सातौँ बैठक आइतबार दिउँसो १ बजेका लागि तय गरिएको छ ।
गएको आइतबारको प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौता टेबल गरिएको थियो । त्यसयता दलका शीर्ष नेताहरु एमसीसीमा सहमति जुटाउन निरन्तर छलफलमा जुटेका छन् । यद्यपि, सहमति जुट्न सकेको छैन ।
प्रतिक्रिया दिनुहोस्