Ads

एमसीसी प्रकरण : के गर्लान माओबादीका पांच असन्तुष्ट नेताले ? लेखनाथको आक्रोश -प्रचण्डले पार्टीलाई राष्ट्रघाती कित्तामा उभ्याए


काठमाडौं । एमसीसी अनुमोदन गर्ने निर्णयप्रति माओवादी बैठकमा पाँच नेताले असहमति जनाएका छन् ।

अध्यक्ष प्रचण्डले गठबन्धन र संविधान जोगाउन एमसीसी पारित गर्ने प्रस्ताव राख्दा नारायणकाजी श्रेष्ठ, लीलामणी पोखरेल, देव गुरुङ, गिरिराजमणी पोखरेल र कृष्णबहादुर महराले असहमति जनाएका हुन् ।

व्याख्यात्मक टिप्पणी आत्मरतिबाहेक केही नभएको र त्यो सम्झौताको अंग बन्न नसक्ने भन्दै पाँच नेताले आपत्ति जनाएका हुन् । यद्यपि उनीहरूले निर्णयमा लिखित असहमति भने जनाइसकेका छैनन् ।

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले आज बिहान बसेको भनिएको माओवादीको बैठक अवैधानिक रहेको र त्यसले गर्ने निर्णय आधिकारिक नहुने दाबी गरेका छन् ।

व्याख्यात्मक टिप्पणीसहित एमसीसी पारित गर्ने पूर्वस्थायी कमिटी सदस्यहरूको बैठकको निर्णयप्रति आपत्ति जनाउँदै न्यौपानेले आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।

उनले माआवादीको आठौं महाधिवेशनले केन्द्रीय कमिटी र अध्यक्षमात्र चयन गरेको र त्यसयता अरु कुनै कमिटी नरहेको भन्दै केन्द्रीय कमिटी बैठक पटक-पटक स्थगित गरेर अध्यक्ष प्रचण्डले एकल निर्णय गर्दै पार्टीलाई राष्ट्रघाती कित्तामा उभ्याएको आरोप लगाएका छन् ।

Ads

सम्बन्धित पोष्टहरू