काठमाडौं । नेपादली कांग्रेसको कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाले पदबाट राजीनामा दिएका छन् । सत्ता गठबन्धनको निर्णयविरुद्ध उम्मेदवार बनी नेपाली कांग्रेस शेखर कोइराला पक्षका केदार कार्की मुख्यमन्त्री बनेपछि उत्पन्न नैतिक संकटको जिम्मेवारी लिँदै थापाले शनिबार राजीनामा दिएका हुन् ।
कांग्रेससहितको गठबन्धनले कोशीको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका नेता इन्द्र आङ्बोलाई अघि सारे पनि शेखर पक्षले विद्रोह गरी केदार कार्कीलाई मुख्यमन्त्रीको उम्मेदवार बनाएको थियो । कार्कीलाई नेकपा (एमाले)का ३९ सांसदको समर्थन भएसँगै उनी प्रदेशको मुख्यमन्त्री बन्न सफल भए ।
प्रदेश प्रमुख परशुराम खापुङले हस्ताक्षर पुष्टि गर्नका लागि शनिबार सम्बन्धित सांसदहरूलाई सनाखतका लागि आफ्नो कार्यालयमा बोलाएपछि सबै सांसद सशरीर उपस्थित भएर सनाखत गरेका थिए । ८ प्रदेशसभा सदस्यले एमालेका ३९ सांसदको समर्थन पाएका कार्कीकै पक्षमा सनाखत गरेपछि उनी मुख्यमन्त्री नियुक्त भएका हुन् ।
प्रतिक्रिया दिनुहोस्