काठमाण्डौ । एकीकृत समाजवादी पार्टीका नेता झलनाथ खनालले आफुहरु भेडा बाख्रा नभएको बताएका छन् । एमसीसीबारे प्रतिनिधि सभाको बैठकको छलफलमा सहभागी हुँदै आफ्नो विचार राखेका खनालले आफुहरु सर्त सहितको कुनै पनि सहयोग ल्याउने पक्षमा नरहेको बताएका छन् ।
नेपाल सार्वभौम सत्त सम्पन्न मुलुक रहेका कारण कसैको सर्त सहितको सहयोग ल्याएर नेपाल विकास गर्न नहुने तर्क खनाको छ । विरोधकाबीच एमसीसीका बारेमा छलफल सुरु गरेको प्रति खनालले असन्तुष्टि जनाउँदै यो राम्रो अभ्यास नभएको बताएका छन् ।
विभिन्न शक्तिहरुले नेपालमा खेल्न खोजेको भन्दै उनले विकासका लागि सहयोग आवश्यक भएपनि हस्तक्षेप र सर्त सहितको सहयोग आवश्यक नरहेको बताएका हनु । सहयोगको विरोध गरेको नभई प्रवृतिको विरोध गरेको खनालको तर्क छ । अमेरीकाको सहयोग स्वीकार गरे पनि सर्त मान्य नहुने उहाँको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्