काठमाडौं । एमसीसी पारित गर्न लागिएको भन्दै नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालसहित आधा दर्जनबढी स्थायी कमिटी सदस्यले लिखित असहमति राखेका छन् ।
स्थायी कमिटी बैठकमा अध्यक्ष माधवकुमार नेपालले एमसीसी पारित नगर्दा गठबन्धन भत्किने, सभामुख र आफूसहित १४ सांसदको पद जाने र ओली फेरि सत्तामा फर्किनेजस्ता कारण देखाउँदै अनुमोदनको प्रस्ताव गरेका थिए ।
व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने वहुमतको निर्णयमा तत्कालै उपमहासचिव तथा पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले लिखित असहमति दर्ज गरेका थिए । उनी एमसीसी अध्ययन कार्यदलमा पनि सदस्य थिए ।
बैठकमा झलनाथ खनाल,केशवलाल श्रेष्ठ, बलराम बास्कोटा, साध्यबहादुर भण्डारीलगायत नेताले पनि नोट अफ डिसेन्ट जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्