काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले एमसीसी अनुमोदन प्रस्ताव स्थगन गर्न माग गरेका छन् ।
एमसीसीमाथिको छलफलमा भाग लिदै अध्यक्ष लिङदेनले जनता आश्वस्त नभएसम्मका लागि एमसीसीलाई स्थगन गर्नुपर्ने बताएका हुन् ।
लिङदेनले भने ‘यो केबल आर्थिक सहायताको विषयमात्रै होइन । नेपाली जनता यस विषयमा विभाजित भएकोले यसलाई स्थगन गरेर नयाँ ढंगले जान सरकारसँग प्रस्ताव गर्छु’ ।
प्रतिक्रिया दिनुहोस्