Ads

कोशीमा सहमतिको सरकार बन्छ: मुख्यमन्त्री कार्की


काठमाडाैँ । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले सहमतिको सरकार बन्ने बताएका छन्।

आइतबार मुख्यमन्त्रीको शपथ लिएपछि पत्रकारहरूसँग कुराकानी गर्दै उनले कोशीमा सहमतिको सरकार बन्ने दाबी गरेका हुन्।

‘प्रदेशसभा विघटन हुन्छ कि मध्यावधिमा जान्छ कि भन्ने जनतामा चिन्ता र चासो थियो। राज्यको ढुकुकी बीचमै खर्च हुने पो हो कि भन्ने चिन्ता थियो त्यो हटेको छ,उनले भने,’कोसीमा राजनीतिक संकट समाधान भएको छ।’

मुख्यमन्त्री कार्कीले कोशीमा सहमतिको सरकार बन्ने बताए। उनले सहमतिको सरकारका लागि ढोका खुला रहेको समेत बताए। उनले भने,’ यसअघिका मुख्यमन्त्रीले पनि सहमतिको सरकारका लागि आह्वन गरेका थिए। सहमतिको सरकार लागि ढोला खुला छ।’

आफूलाई मुख्यमन्त्री बनाउन हस्ताक्षर गरेका कांग्रेस सांसद शमशेर राई र नेकपा एमालेका सां‌सद रामबहादुर राना मगरलाई कार्कीले बिनाविभागीय मन्त्री नियुक्त गरेका हुन्।

कार्कीले आफ्नो नेतृत्वमा सरकार बनेपछि प्रदेशमा देखिएको संकट पनि हल भएको प्रतिक्रिया दिएका छन्। कांग्रेसका ८ जना र एमालेका ३९ जनाको समर्थनमा कार्की शनिबार मुख्यमन्त्री नियुक्त भएका थिए।

Ads

सम्बन्धित पोष्टहरू