Ads

हङकङले नेपाललाई दियो ९५ रनको लक्ष्य, करणले लिए चार विकेट


काठमाडौं । त्रिकोणात्मक टी-२० आई सिरिजमा हङकङले नेपाललाई ९५ रनको लक्ष्य दिएको छ। निर्धारित २० ओभरमा हङकङ ९४ रनमा समेटिएको हो।

हङकङलाई सस्तैमा समेट्न करण केसीले ४ विकेट लिएका थिए। त्यस्तै सोमपाल कामी र अभिनास कर्णले समान २/२ विकेट लिए। कुशल मल्ल र मौसम ढकालले १/१ विकेट लिए। हङकङका लागि यासिम मुर्ताजाले सर्वाधिक ३६ रन बनाउनु बाहेक अन्यले योगदान गर्न सकेनन्।

माथिल्लो मुलपानी क्रिकेट मैदानमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका थिए।
नेपाल लगातार दोस्रो जितको लक्ष्य लिएर मैदानमा उत्रेको छ। हङकङ पनि जित निकाल्ने रणनीतिमा छ। नेपालले पहिलो खेलमा यूएईलाई ७ विकेटले हराएको थियो।

सन् २०२० पछि नेपालले हङकङसँग खेल्दैछ। पछिल्ला चार खेलमा नेपाल तीन खेलमा पराजित भएको छ। तर २०२० पछि नेपाली टोलीको स्तर र प्रदर्शन फेरिएको छ। अंशुमन रथ, बाबर हायत र निजाकत खान हङकङका प्रमुख ब्याटर हुन्। यी तीन ब्याटरको प्रदर्शन राम्रो हुन नसक्दा हङकङले सम्मानजनक योगफल तयार गर्न सकेन।

Ads

सम्बन्धित पोष्टहरू