Ads

एमसीसीले प्रचण्ड र माधवको अवसरवाद उदाङ्गियो : प्रदीप ज्ञवाली


धनगढी । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले अमेरिकी सहयोग परियोजना एमसीसीले प्रचण्ड र माधव नेपालको अवसरवाद अझै प्रष्टसंग देखिएको बताएका छन् ।

प्रेस चौतारी नेपाल, कैलालीले सोमबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपमहासचिव ज्ञवालीले प्रचण्ड र नेपाल सत्ताका लागि जुनसुकै हदसम्म जान तयार रहेको कुरा एमसीसीले पुष्टि गरिदिएको बताए ।

‘उहाँहरू (प्रचण्ड र नेपाल) एमसीसी ठीक छ त्यसैले स्वीकार गर्‍यौं भन्न सक्नुहुन्न । कांग्रेसले एमालेसँग मिलेर सभामुख हटाउने र एमालेले कारबाही गरेका १४ सांसदलाई पदच्युत गर्ने भएकाले समर्थन गरेको भन्नुहुन्छ’ ज्ञवालीले भने, ‘दुवै नेताकै कारण आज एमसीसीमा अमेरिका र चीन आमनेसामने हुने अवस्था पनि सिर्जना भयो । यो हाम्रा लागि दुर्भाग्यपूर्ण छ ।’

उनले नेताहरूले आम नागरिकमा भएको देशप्रतिको भावनाको समेत अवमूल्यन गरेको बताए ।

Ads

सम्बन्धित पोष्टहरू