काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीका नाममा गठबन्धन फुट्न थालेको बताए । सोमबार आफ्नो निवासमा पत्रकार सम्मेलन गरेर प्रचण्डले एमसीसी पास नगर्ने हो भने गठबन्धन टुट्ने अवस्था आएको दाबी गरेका छन् ।
संघदेखि प्रदेशसम्मका सरकार फेरबदलका कुरा पनि आएु, फेरि पुरानै अवस्था दोहोरिन नदिन, प्रतिगमन आउन नदिन हामीले एमसीसी पास गरेका हौँ, प्रचण्डले भने , ‘भएभरका उपलब्धि उल्ट्याउने खेल भएपछि यो कदम चाल्नुपरेको हो।’
उनले एमसीसीको ११ बुँदे व्याख्या महाकाली सन्धिको प्रस्तावना जस्तो नभएको दाबी गरे । प्रचण्डले ११ बुँदे व्याख्याले कानुनी मान्यता पाउने बताए। अन्तर्राष्ट्रिय सन्धिअनुसारको मान्यता पाउने कुरा भएको छ। अमेरिकी दूतावास पनि यसमा सकारात्मक रहेको उनको भनाइ थियो ।
उनले नेकपाकालीन प्रसंग निकाल्दै केपी शर्मा ओलीले संकल्प या अरु कुनै जरुरी प्रस्ताव आवश्यक नभएको भन्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई भनेको पनि दाबी गरे।
केपीजीले एमसीसीमा कुनै कुरा संशोधन आवश्यक छैन भनेका थिए । उनले भने, उनले देउवाजीलाई अक्षरशस् पास गरौँ भनेका थिए तर हामीले नमानेकाले अघि बढेको थिएनु
उनले पछिल्लो समय एमसीसीमा राष्ट्रिय सहमति खोज्न आफूले नै प्रधानमन्त्री शेरबहादुर देउवालाई बालकोट पठाएको पनि बताए।
मैले बालकोट गएर भए पनि केपीजीसँग कुरा गरौँ भनेको हो प्रधानमन्त्रीलाईु, उनले भने, अनि प्रधानमन्त्री बालकोट जानु भएको हो। प्रधानमन्त्रीले यसमा मद्दत गर्नुपर्यो भन्नु भयो। तर एमालेले सभामुख हटाउनुपर्ने र १४ सांसदलाई कारबाही गर्नुपर्ने भने रटान लगाइरहेपछि सहमति नजुटेको बताए ।
प्रतिक्रिया दिनुहोस्