Ads

प्रधानमन्त्री र राष्ट्रपति निवास क्षेत्रमा पनि निषेधाज्ञा जारी


काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले राखेको आमसभाको मिति निजिकिँदै गर्दा सरकारले काठमाडौंको सुरक्षा व्यवस्था थप कडा पारेको छ । यसअघि माइतीघर मण्डलादेखि बानेश्वरसम्म एक महिनाका लागि निषेधाज्ञा जारी गरेकोमा जिल्ला प्रशासन कार्यालय काठमाडाैंले  अब राष्ट्रपति कार्यालय शीतल निवास र प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पनि निषेधाज्ञा जारी गरेको छ । प्रशासनले ती क्षाेत्रमा मंसिर ५ देखि एक महिनासम्मका लागि निषेधाज्ञा जारी गरेको हो ।

शीतल निवासकाे पूर्व पवित्र वर्कशपबाट शीतल निवाससम्म, पश्चिम सामाखुसी निस्कने नालासम्म, उत्तर राष्ट्रिय प्रशिक्षण प्रतिष्ठानको दक्षिण पूर्वी गेटसम्म र दक्षिण प्रहरी अस्पताल जाने मोडसम्म निषेधाज्ञा जारी गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

उता, प्रधानमन्त्री निवास बालुवाटारमा पवित्र वर्कशपबाट बालुवाटारतर्फ नेपाल राष्ट्र बैंकको चोकसम्म र सभामुख निवासदेखि गैह्रीधारा जाने बाटोको पश्चिम दक्षिण सय मिटरसम्म निषेधाज्ञा जारी भएको हो । सो क्षेत्रमा ५ जनाभन्दा बढी मान्छे भेला भई जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनसन, सभा जस्ता आन्दोलन र विरोधका कार्यक्रम गर्नसमेत निषेध गरिएको प्रशासनले जनाएको छ ।

Ads

सम्बन्धित पोष्टहरू