Ads

एमाले केन्द्रिय कमिटी बैठक बस्दै


काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्दैछ । मध्यपहाडी लोकमार्ग केन्द्रित विशेष अभियानको तयारीबारे छलफल गर्न बिहान ११ बजे बैठक बस्न लागेको हो । बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ ।

एमालेले यही मंसिर १४ देखि तीन सातासम्म मध्यपहाडी लोकमार्ग अभियान चलाउने निर्णय गरिसकेको छ । गत कात्तिक २२ गते बसेको सचिवालय बैठकले यस विषयमा योजना तथा तयारीका लागि मंसिर ६ गते केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको थियो ।

एमालेले मध्यपहाडी लोकमार्ग अभियानअन्तर्गत दार्चुलाको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म समृद्धिका लागि संकल्प यात्रा गर्न लागेको हो । आजको बैठकमा अभियानको तयारीबारे छलफल हुने जानकारी दिइएको छ । यसका साथै समसामयिक राजनीतिक अवस्था र भ्रातृ संगठन युवा संघले मंसिर ७ गते काठमाडौंमा गर्न लागेको प्रदर्शनका विषयमा पनि छलफल हुने छ ।

Ads

सम्बन्धित पोष्टहरू