Ads

बल्खुमा सँगै देखिए दुर्गा प्रसाईं र राप्रपा सांसद ज्ञानेन्द्र शाही


काठमाडाैँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले नतृत्व गरेको प्रदर्शनमा राप्रपाका सांसद ज्ञानबहादुर शाही पुगेका छन्।

प्रशासनले माइतीघर मण्डलामा विरोध प्रदर्शनमा रोक लगाएपछि बल्खुमा आयोजना गरिएको प्रदर्शनमा सांसद शाही पुगेका हुन्।

यो अभियानको नेपालमा राजतन्त्रको पुनर्स्थापना तथा हिन्दू राज्य कायमलगायतका एजेन्डा छन्। राप्रपाले भने प्रसाईंको नेतृत्वमा आयोजित प्रदर्शनमा सहभागिताबारे आधिकारिक निर्णय गरेको छैन।

Ads

सम्बन्धित पोष्टहरू