Ads

काठमाडौंवासीले मेरो आन्दोलनलाई समर्थन गरेनन् दुर्गा प्रसाई


काठमाडौं । गणतन्त्रविरोधी अभियान चलइरहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले काठमाडौंवासीले आफ्नो आन्दोलनलाई समर्थन नगरेको बताएका छन् । सिफलमा आयोजित आफ्ना समर्थकहरुको समूहलाई सम्बोधन गर्दै प्रसाईले यस्तो बताएका हुन् ।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नामक समूह बनाएर त्यसको नेतृत्व गरेका प्रसाईले युवाहरु विदेसिएको र देशमा बस्न नसक्ने अवस्था रहेको बताए । अब चाँडै नै काठमाडौंका घरबेटीले डेरामा बस्ने मान्छे नपाउने दाबी उनको थियो ।

प्रसाईले सरकारले आफूहरुलाई बसन्तपुरमा प्रदर्शन गर्नु दिनुपर्ने जिकिर गरे । सरकारबाट अनुमति लिएर बसन्तपुरमा प्रदर्शन गर्ने र कीर्तिपुर तथा ललितपुरमासमेत कार्यक्रम गर्ने उनले भनाइ राखे ।

Ads

सम्बन्धित पोष्टहरू