काठमाडौं । सातै वटै प्रदेशका गृहमन्त्रीहरुले संघीय उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेका छन् । प्रहरी समायोजनको माग गर्दै सातै प्रदेशका गृहमन्त्रीहरूले उउप्रधान तथा गृहमन्त्री श्रेष्ठलाई भेटेर मंगलबार ज्ञापनपत्र बुझाएका हुन् ।
उनीहरुले मंगलबार सिंहदरबारस्थि गृहमन्त्रालयमै पुगेर मन्त्री श्रेष्ठलाई ज्ञापनपत्र बुझाएका छन् । मुलुकमा प्रदेश सरकारहरू बनेको ६ वर्ष भइसक्दा पनि प्रदेशको आफ्नै प्रहरी नहुँदा कार्यसम्पादनमा असर परेको भन्दै प्रदेशका गृहमन्त्रीहरू सङ्घीय सरकारसँग असन्तुष्ट रहँदै आएका छन् ।
गृहमन्त्री श्रेष्ठलाई भेट्नुअघि प्रधानमन्त्रीलाई भेट्न पुगेका उनीहरुले समयअभाव भन्दै सिंहदरबारमा प्रधानमन्त्रीले भेट नदिएपछि बालुवाटार जान लागेको प्रदेशका एक मन्त्रीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्