काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीले सहित सबै सांसद केन्द्रीय समितिमा मनोनीत गरेको छ।
महोत्तरीको जलेश्वरमा जारी केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले केन्द्रीय समितिमा नरहेका सांसदहरूलाई मनोनीत गरेको हो।
रास्वपामा ६ जना सांसद मात्रै केन्द्रीय समितिमा थिए।
केन्द्रीय सदस्यमा मनोनीत हुनेहरूमा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ, प्रमुख सचेतक सन्तोष परियार, सचेतक निशा डाँगी, सांसद मनिष झा, डा तोसिमा कार्की, शिशिर खनाल, हरि ढकाल, डा स्वर्णिम वाग्ले, डा चन्दा कार्की (भण्डारी), असीम शाह, लक्ष्मी तिवारी, अशोक कुमार चौधरी, शिव नेपाली र विनीता कठायत रहेका छन् ।
यसअघि सांसद रहेका सभापति रवि लामिछाने, उपसभापति डोलप्रसाद अर्याल, सोविता गौतम, सुमना श्रेष्ठ, गणेश पराजुली र विन्दवासिनी कंसाकार गरी ६ जना मात्र केन्द्रीय सदस्य थिए । यस्तै रास्वपाबाट इन्दिरा राना उपसभामुख रहेकाले उनको अहिले पार्टीमा भूमिका छैन ।
यस्तै यसअघि केन्द्रीय सदस्य रहेका मोहन बहादुर थापाले राजीनामा दिएका थिए । उनको राजीनामा यसअघि नै स्वीकृत भएसँगै पार्टी केन्द्रीय सदस्यको सङ्ख्या ५२ मा सीमित भएको हो ।
प्रतिक्रिया दिनुहोस्