Ads

राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता मंसिर अन्तिम साता


काठमाडाैँ । निर्वाचन आयोगले आगामी माघ ११ गते गर्न लागेको राष्ट्रियसभा सदस्य निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ ।

आयोगले आगामी माघ ११ गते गर्न लागेको राष्ट्रिय सभा सदस्यका लागि यही मंसिर २२ गते निर्वाचनमा भाग लिने राजनीतिक दल दर्ताका लागि सूचना प्रकाशन भइ मंसिर २४ गतेदेखि २९ गतेसम्मको समय तोकेको छ ।

पुष १ गते राजनीतिक दललाई निर्वाचन चिन्ह प्रदान गरी पुष ४ गते स्वीकृत दलको नामावली नेपाल राजपत्रमा प्रकाशन गर्ने आयोगको तालिका छ ।

स्वीकृत कार्यतालिकाअनुसार पुस १६ गते निर्वाचन अधिकृतको नियुक्ति र सोही दिन सातवटै प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ ।

पुस २० गतेदेखि २९ गतेसम्म निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन कार्यक्रम सञ्चालन हुने र माघ ११ गते बिहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म मतदानको कार्य सञ्चालन हुने आयोगले जनाएको छ ।  राष्ट्रियसभामा रिक्त हुने २० सदस्यका लागि निर्वाचन हुन लागेको हो ।

Ads

सम्बन्धित पोष्टहरू