Ads

देश पार्टी र व्यक्तिगत स्वार्थभन्दा माथि : भीम रावल


काठमाडौं । नेकपा एमाले नेता भीम रावलले संसदमा एमसीसीको विरुद्ध बोल्दा पार्टी अध्यक्षले  गरेको अभिब्यक्तीप्रति असन्तुष्टि जनाएका छन् । आइतबार रावलले संसदमा एमसीसी पास हुदा त्यसको विपक्षमा मत राखेका थिए ।

रावलले बुधबार सामाजिक सञ्जाल ट्वीटरमार्फत आफुले संसदमा राष्ट्रिय स्वाधीनता र हितको पक्षमा जननिर्वाचित प्रतिनिधिको कर्तव्य अनुरुप संसदमा बोलेको बताउँदै हिरो हुन नखोजेको स्पष्टिकरण दिएका छन् । उनले भनेका छन्, ‘राष्ट्रिय स्वाधीनता र हितको पक्षमा जननिर्वाचित प्रतिनिधिको कर्तब्य अनुरुप संसदमा बोल्दा मैले ‘हिरो’ हुन खोजेको भनी मन पोलेको भए पार्टी अध्यक्षले आफै देशको पक्षमा बोलेर ‘महाहिरो’ हुनुभएको भए म खुशी नै हुनेथिएँ ।’

रावलले देश पार्टी र व्यक्तिगत स्वार्थभन्दा माथि हुने बताउँदै भनेका छन्स् ‘देश पार्टी र व्यक्तिगत स्वार्थभन्दा धेरै माथि हुन्छ, चेतना भया ।’ प्रतिनिधिसभाबाट एमसीसी अनुमोदन हुनेक्रममा रावलले चर्को असन्तुष्टि पोखेका थिए ।
रावलले आफूलाई एमालेको केन्द्रिय सल्लाहकार परिषद्को सदस्य बनाइएको समाचार सुनिएको यदि यो सत्य हो भने, मलाई सोध्दै नसोधी कुनै पदको टीका लगाइदिनु आपत्तिजनक भएको बताएका छन् । । यस्तो टीके प्रणाली जनताको बहुदलीय जनवाद र लोकतान्त्रिक मान्यताको विपरीत हुने बताएका छन् ।

Ads

सम्बन्धित पोष्टहरू