Ads

विदेश गएर काम गरेर खान्छु भन्नेलाई मार्न पाइँदैन गृहमन्त्री ज्यु, राजीनामा गर्नुस् : सांसद राई


काठमाडाैं । नेकपा एमालेका सांसद राजेन्द्र राईले राज्य व्यवस्था समितिको बैठकमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागेका छन् । छानबिन समितिलाई निष्पक्ष ढंगले काम गर्ने वातावरण बनाउनका लागि भए पनि गृहमन्त्रीले राजीनामा दिनुपर्ने उनले बताए ।

उनले भने- घटनाको छानबिनका लागि समिति पनि बन्यो । तलका मान्छेलाई कारबाही पनि गर्‍यो । अब यसो गरौँ मन्त्री ज्यू तपाई राजीनामा दिनुस् । सबै भन्दा राम्रो कुरा तपाई राजीनामा दिनुस् । राजीनामा दिनै पर्‍यो नि ! विदेश गएर काम गरेर खान्छु भन्नेलाई ताकी ताकी गोली हाल्ने तपाईँले राजीनामा नदिए कसले दिन्छ ?

छानबिन समितिलाई निष्पक्ष ढंगले काम गर्ने वातावरण बनाउनका लागि भए पनि गृहमन्त्रीले राजीनामा दिनुपर्ने उनले बताए । उनले भने( तपाईँले राजीनामा दिएपछि मात्रै छानबिन समितिले राम्रोसँग काम गर्न सक्छ । समस्या सिर्जना भएपछि सरकारले गम्भीर ढंगबाट समाधान गर्नुपर्छ कि सरकाले गोली हान्नुपर्छ रु ठाउँको ठाउँ गोली हानेर मार्न मिल्छ रु रोजगारका लागि विदेश जान पाउनुपर्छ भनेर भन्नेलाई मार्न मिल्छ रु

Ads

सम्बन्धित पोष्टहरू