Ads

कांग्रेस कार्यसम्पादन समितिको बैठक आज दिउँसो बस्दै


काठमाडौँ । सत्तारूढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ । हिजो शनिबारका लागि निर्धारित बैठक विशेष कारणले रोकिएपछि आज आइतबार बस्ने भएको छ ।

पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले शनिबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाइएको बैठक आइतबार सोही समय र स्थानमा हुने बताए।

मुख्यसचिव पौडेलले राष्ट्रियसभाको निर्वाचनका सन्दर्भमा छलफल गर्न बैठक आह्वान गरिएको जानकारी दिए । उनले बैठकमा सहभागी हुन केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यलाई अनुरोध गरे ।

Ads

सम्बन्धित पोष्टहरू