काठमाडाैँ । सत्ता गठबन्धनका दलहरूबीच राष्ट्रियसभाको भागवण्डा मिलेको छ ।
आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले राष्ट्रियसभाको १९ सिटमा भागवण्डा टुंग्याएको कांग्रेस महामन्त्री गगन थापाले जानकारी दिए ।
महामन्त्री थापाका अनुसार कांग्रेसले १० सिट पाउने भएको छ । यस्तै, नेकपा माओवादी केन्द्रले ६ र ३ सिटमा दाबी गरेको नेकपा एकीकृत समाजवादीले २ सिट पाउने सहमति भएको उनले बताए ।
उनका अनुसार जनता समाजवादी पार्टीले १ सिट पाउनेछ । कुन प्रदेशमा कुन दलले कुन-कुन क्लस्टर लिने भन्ने विषयको टुंगो भने लाग्न बाँकी रहेको उनले बताए ।
‘सिट संख्यामा कुरा मिल्यो तर नेकपा एसले कुन प्रदेशमा कुन क्लस्टर लिन्छ त्यो कुरा टुंगो लाग्यो भने बाँकी दलहरूबीचको प्रदेश र क्लस्टर मिल्छ,’ थापाले भने ।
प्रतिक्रिया दिनुहोस्