Ads

कहाँ, कति, को–को मतदाता ?


काठमाडौं \ राष्ट्रियसभा सदस्यमा रिक्त १९ पदका लागि आगामी माघ ११ गते निर्वाचन हुँदैछ । यसका लागि आज उम्मेदवारी मनोनयनपत्र दर्ता हुँदैछ भने दलहरु उम्मेद्वार तय गरि सकेका छन्।सातै प्रदेश मुकाममा स्थापना गरिएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन पत्र दर्ता आज बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म हुनेछ ।

उम्मेदवारी मनोनयन दर्ता गर्नुअघि आयोगका तर्फबाट गरिनुपर्ने सम्पूर्ण तयारी र कार्य जिम्मेवारी पूरा गरिएको निर्वाचन आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले जानकारी दिएका छन् । निर्वाचनमा खास गरि सत्ता गठवन्धन र प्रमुख प्रतिपक्षी एमाले विच प्रतिष्पर्धा हुँदैछन् ।

निर्वाचनमा मतदान गर्ने मतदाता र मतभार भने मतदाताको संख्याका आधारमा स्वतः निस्कन्छ । स्थानीय तह तथा प्रदेश सभामा निर्वाचित भएका जनप्रतिनिधीहरुनै यसका मतदाता हुने र उनीहरु अधिकांश राजनीतिक दलबाटै निर्वाचित भएका छन् ।

त्यसैले पनि कुनै चमत्कार वा विशेष परिस्थिती नबनेमा कहाँ बाट को को निर्वाचित हुँदैछन् भन्ने अनुमान गर्न सकिन्छ । तर पनि सत्ता गठवन्धनसँग एकल रुपमा भिड्न एमाले मैदानमा देखिएको छ ।

मतदाता को र कति ?
माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा मतदान गर्ने २०४७ को नाम सार्वजनिक भएको छ । निर्वाचन आयोगले आइतबार राष्ट्रियसभा निर्वाचनका लागि अन्तिम मतदाता नामावली सार्वजनिक गरेको हो ।

आयोगका अनुसार निर्वाचनमा प्रदेशसभा सदस्य ५४९ र स्थानीय तहका प्रमुख र उपप्रमुख गरी १४९८ जनाले मतदान गर्ने गर्नेछन् । मधेशमा प्रदेशसभा सदस्य १०७ जना र स्थानीय तहका प्रमुख र उपप्रमुख २६७ जना गरी कुल ३४७ जना मतदाता रहेका छन् ।

त्यस्तै कोशीमा ९३ जना प्रदेशसभा सदस्य र २७४ जना स्थानीय तहका जनप्रतिनिधि गरी ३६७ जना मतदाता रहेका छन् भने बागमतीमा ११० जना प्रदेशसभा सदस्य र २३७ जना स्थानीय तहका जनप्रतिनिधि गरी ३४७ मतदाता छन् ।

गण्डकीमा ६० प्रदेशसभा सदस्य र १७० स्थानीय तहका जनप्रतिनिधि गरी २३०, लुम्बिनीमा ८७ प्रदेशसभा सदस्य र २१८ स्थानीय तहका जनप्रतिनिधि गरी ३०५ जना मतदाता छन् ।

Ads

सम्बन्धित पोष्टहरू