Ads

नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशमलाल चौधरीले दिए उम्मेदवारी


काठमाडाैँ । नागरिक उन्मुक्ति पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत अहिले मनोनयन दर्ता प्रक्रिया चलिरहेको छ ।

हालसम्म अध्यक्ष पदमा संरक्षक रेशमलाल चौधरीको मात्र उम्मेदवारी परेको छ । त्यसबाहेक अन्यमा उम्मेदवार बढी भएपछि निर्वाचनको सम्भावना बढेको छ ।

महासचिवमा गङ्गा चौधरी, धर्म चौधरी ठाकुर सिंह थारुलगायतको उम्मेदवारी परेको छ । गङ्गा प्रतिनिधिसभा सदस्य हुन् भने धर्म लुम्बिनी प्रदेशका भौतिक पुर्वाधार मन्त्री हुन् । सिंह बडियाताल गाउँ पालिकाको अध्यक्ष पदका उम्मेदवार हुन् । यस अघि महासचिव रहेका रतन थापाले उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएको बताइन्छ ।

बिहीबारबाट सुरु भएको महाधिवेशन नयाँ कार्यसमिति चयन गर्दै शनिबार सम्पन्न हुने सो पार्टीले जनाएको छ ।

बिहीबार राति १० बजेदेखि सुरु भएको बन्दसत्र सकिएलगत्तै उम्मेदवारहरुको मनोनयन प्रक्रिया सुरु भएको हो । शुक्रबार नै नयाँ कार्यसमिति चयनका लागि मतदान हुने निर्वाचन तालिकामा उल्लेख गरिएको छ ।

Ads

सम्बन्धित पोष्टहरू