काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सम्मान गर्न कन्जुस्याँई गर्न नहुने बताएका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौंमा पृथ्वी जयन्तीका अवसरमा गरेको जलपानमा पत्रकारहरूसँग कुराकानी गर्दै लामिछानेले राष्ट्रनिर्माता प्रतिको सम्मान सबैले गर्नुपर्ने बताए।
पृथ्वीनारायण शाहलाई राजावादीले आफ्नो मात्रै हुन् भन्ने सोच्नु नहुने र गणतन्त्रवादीले हाम्रो होइन भन्ने सोच्नु नहुने उनले बताए। राष्ट्रनिर्मातालाई सबैको साझा बनाउने काममा लाग्नुपर्ने उनले बताए।
‘त्यतिबेलाको बाइसे, चौबिसे राज्यहरुको अवस्था र त्यो इतिहासको चुनौतिलाई कुशलतापूर्वक सम्पन्न गरी देशलाई एक ढिक्का बनाइ नेपाल भनेर गौरव गर्न सक्ने राष्ट्रनिर्माता प्रतिको सम्मान गर्न कसैले पनि कन्जुस्याँई गर्नु हुँदैन,’ उनले भने, ‘राजावादीले हाम्रो मात्रै पेवा हो भन्न पनि भएन, गणतन्त्रवादीले हाम्रो होइन भन्नुभएन। सबैको साझा बनाउने काममा लाग्नुपर्छ। राष्ट्र निर्मातालाई राजनीतिभन्दा माथि राख्नुपर्छ।’
प्रतिक्रिया दिनुहोस्