काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा विधान मस्यौदामाथि छलफल हुनुका साथै पार्टीको चार महिने अभियानको समीक्षा हुने महासचिव देव गुरुङले जानकारी दिए ।
माओवादीले आगामी फागुनको पहिलो साता विधान अधिवेशन गर्ने घोषणा गरिसकेको छ । जसका लागि उपाध्यक्ष पम्फा भुसालको नेतृत्वमा सात सदस्यीय मस्यौदा समितिसमेत गठन गरिएको छ ।
त्यस्तै बैठकमा चार महिने जनतासँग माओवादी अभियानको समीक्षा र कार्यविभाजनको विषयमा समेत छलफल हुनेछ । स्थायी कमिटी बैठकमा अभियानका क्रममा सात वटै प्रदेशबाट प्राप्त रिपोर्टबारे छलफल हुनेछ ।
प्रतिक्रिया दिनुहोस्