काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको राष्ट्रियसभा संसदीय दलको नेतामा खिमलाल भट्टराई र प्रमुख सचेतक देवन्द्र दाहाल चयन भएका छन् । एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले भट्टराईलाई दलको नेता र दाहाललाई सचेतक नियुक्त गरेका हुन् ।
यसअघि दलको नेता सुमन प्याकुरेल थिए । उनको कार्यकाल सकिएर विदा भएका छन् । उनको ठाउँमा भट्टराईलाई दलको नेता बनाइएका हुन । यो भन्दा पहिला भट्टराई प्रमुख सचेतक थिए ।
राष्ट्रियसभामा विपक्षी दलको नेता अब भट्टराई भएका छन् । अनेरास्ववियुका पूर्वअध्यक्ष भट्टराई एमालेको पोलिटव्यूरो सदस्य छन् ।
प्रतिक्रिया दिनुहोस्