काठमाडौं । सभामुख देवराज घिमिरेले संसदीय समितिमा भएका विधेयकको अवस्थाको बारेमा जानकारी दिएका छन्। प्रतिनिधिसभाअन्तर्गत रहेका समितिका सभापतिसँग आइतबार भएको बैठकमा संसदको क्यालेण्डर बनाएर अगाडि बढ्नुपर्नेमा उनले जोड दिएका हुन् ।
बैठकपछि राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले सभामुखले समितिबाट विधेयक छिटोभन्दा छिटो आए सदन चलाउन सजिलो हुने बताएको जानकारी दिएका छन् । खतिवडाले माघ १८ गतेदेखि २० सम्ममा संसद अधिवेशन सुचारु हुने सम्भावना रहेको पनि बताएका छन् ।
माघ १८ गतेदेखि २० सम्ममा संसद चल्न सक्ने सम्भावना रहेको छ । त्यसैले सभामुख ज्यूले संसदीय समितिमा भएका विधेयकको अवस्थाको बारेमा जानकारी लिएका स्रोतको भनाइ छ । विधेयक समितिबाट छिटो आए सदन चल्न सजिलो हुन्थ्यो भन्ने कुरा भयो । खतिवडाका अनुसार ‘संसदलाई नयाँ रुप दिन संसदको क्यालेण्डर बनाएर जाँदा कतिको उपयुक्त हुन्छ भन्नेबारे पनि छलफल भयो ।
प्रतिक्रिया दिनुहोस्