गलकोट । नेकपा ९एमाले०का महासचिव शङ्कर पोखरेलले विकास–निर्माणका काममा वर्तमान सरकार असफल भएको आरोप लगाएका छन्।
नेकपा ९एमाले० बागलुङले आज यहाँ आयोजना गरेको कार्यकर्ता भेटमा महासचिव पोखरेलले वर्तमान सरकारले जनताका पक्षमा काम गर्न नसकेको आरोप लगाए । उनले राजश्व सङ्कलनमा सरकारले ध्यान नदिँदा कर्मचारीलाई मासिक तलब उपलब्ध गराउन कठिन परिस्थिति उत्पन्न भएको बताए ।
आफू सम्बद्ध दल जनतामाझ लोकप्रिय रहेको दाबी गर्दै उनले पार्टी सङ्गठनलाई भने रूपान्तरण गर्दै लैजाने नीति रहेको बताए । राष्ट्रिय हितलाई केन्द्रमा राखेर काम गर्न उनले कार्यकर्ताहरुलाई आग्रह गरे ।
प्रतिक्रिया दिनुहोस्