Ads

नेपालसहित १४ सांसदविरुद्ध दायर रिट पूर्ण सुनुवाइमा पठाउन आदेश


काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले माधव नेपालसहित १४ सांसदविरुद्ध दायर गरेको रिटलाई सर्वोच्च अदालतले पूर्ण सुनुवाइका लागि पठाउन आदेश गरेको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको विधि, विधानविपरीत काम गरेको भन्दै १४ जना सांसदमाथि कारबाहीकाे मागसहित सर्वोच्चमा मुद्दा दायर गर्नुभएको थियो ।

१४ सांसदमाथिको मुद्दा अन्तरिम आदेश माग भएको थियो । अहिले सबै प्रतिवादीहरुको लिखित जवाफ पसिकेको हुनाले अन्तरिममा बोलिरहन परेन यसर्थ, पूर्ण सुनुवाइमा हुने आदेश भएको सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले बताउनुभयो ।

अब यो प्रक्रिया नियमानुसार अदालतको आन्तरिक सफ्टवेयरको प्रक्रिया अनुरुप अघि बढ्नेछ ।

Ads

सम्बन्धित पोष्टहरू