काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीले स्थानीय तहको निर्वाचन बहिष्कार गर्ने भएको छ । मोहन वैद्य नेतृत्वको माओवादीले आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको हो ।
आज सम्पन्न पार्टीको केन्द्रीय कमिट बैठकले निर्वाचन बहिष्कार गर्नेसहित बहिष्कार आन्दोलनलाई दुई महिने अभियानकारुपमा चलाउने निर्णय गरेको हो । यो सहित क्रान्तिकारी माओवादीले ७ बुँदे निर्णय लिएको जनाएको छ ।
वैठक पार्टीका महासचिव वैद्यको अध्यक्षतामा फागुन २५ गतेदेखि शुरु भइ आज (सोमबार) सकिएको हो । बैठकमा महासचिवले ‘वर्तमान राजनीतिक परिस्थिति र हाम्रो कार्यभार’ शीर्षकको राजनीतिक प्रस्ताव पेश गरेका थिए ।
त्यस अनुरुप प्रस्तावमा निर्वाचन बहिष्कार गर्ने नीति अवलम्बन गरिएकोमा पारित भएको हो । बैठकले एमसीसीको विरोध गर्दै यसविरुद्ध सशक्त विरोध तथा भण्डाफोरसहित राष्ट्रिय स्वाभिमान तथा सार्वभौमिकताको पक्ष र संझौताको खारेजीका लागि संघर्षलाई निरन्तर अगाडि बढाउने निर्णय पनि गरेको छ ।
प्रतिक्रिया दिनुहोस्