काठमाण्डौ । नेकपा एमालेको भातृ संगठन नेपाल मुस्लिम इत्तेहाद संगठनको छैठौं महाधिवेशन चैत १२ देखि १४ गतेसम्म काठमाडौंमा हुने भएको छ ।
काठमाडौंमा सम्पन्न संगठनको केन्द्रिय समितिको वैठकले महाधिवेशन स्थलको टुंगो लगाएको हो ।
यसअघि यो महाधिवेशन नेपालगञ्जमा गर्ने प्रस्ताव गरिएको थियो ।
महाधिवेशनको उद्घाटन पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीबाट हुनेछ ।
महाधिवेशनले नयाँ कार्य समिमि चयन गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्