Ads

आज रास्वपा संसदीय दलको बैठक बस्दै


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक आज बिहान बस्दैछ । बैठक बिहान ११ बजे पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने  भएकाे हाे ।

आज बस्ने बैठकमा यसअघि पार्टी सभापति रवि लामिछानले सोधेका प्रश्नहरूमाथि छलफल हुने  कार्यसूची तय गरिएको छ । सभापति लामिछानेले यसअघि पार्टीका प्रत्येक सांसदलाई तीनवटा प्रश्न पठाएको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिएका छन् ।

हिउँदे अधिवेशनमा पेश गर्ने गरी सरकारले ६० वटाभन्दा बढी कानुन मस्यौदा गरिरहेको छ । त्यसमा रास्वपाले उठाएका मुद्दाहरू, चुनावी वाचाहरू परेका छन् कि छैनन् भनेर पनि सभापति लामिछानेले सोधेको र आजको बैठकमा त्यसबारे पनि छलफल हुने बताइएकाे छ ।

Ads

सम्बन्धित पोष्टहरू