Ads

स्थानीयतहको निर्वाचन केन्द्रीत छलफल गर्न एमाले सचिवालय बैठक बस्दै


काठमाडौ । दुई महिना पछि हुन लागेको स्थानीय तहको निर्वाचनको तयारीको रणनीति बनाउन नेकपा एमालेको सचिवालयको बैठक आज बस्ने भएको छ ।

केन्द्रीय कार्यलय सचिव डा.भिष्म अधिकारीका अनुसार दिउसो ३ बजे अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा सचिवालय बैठक हुन आयोजना गरिएको छ । बैठकले केन्द्रीय कमिटी बैठकको मिती तय गर्नेछ ।

केन्द्रीय कार्यलयले चैत ९ र १०लाई केन्द्रीय कमिटी बैठकको प्रस्ताव गरेको छ ।

आजको बैठकमा हुने केन्द्रीय कमिटीको बैठकका एजेण्डा,स्थानीय तहको निर्वाचनको तयारी, देशैभरी आयोजना गरिने प्रशिक्षणको कार्यतालिका र स्थानीय तहको पाँच वर्षे कार्यकालको समिक्षा आदि विषयमा छलफल हुने अधिकारीले जानकारी दिए ।

Ads

सम्बन्धित पोष्टहरू