काठमाडौं । आज नेकपा माओवादी केन्द्रकाे संसदीय दलको बैठक बस्दैछ ।सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा उक्त बैठक बस्ने भएकाे हाे । बैठक बिहान ८ः३० बजे बोलाइएको प्रधानमन्त्री पुष्पकमल दाहालको सचिवालयले जनाएको छ ।
आजदेखि सुरू हुने संसदको हिउँदे अधिवेशन अघि माओवादी केन्द्रले दलको बैठक बोलाएको हो । बैठकमा संसदमा पार्टी कसरी प्रस्तुत हुने र बिधेयकलगायत पार्टीको पोजिसनको बिषयमा छलफल हुने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्