Ads

कांग्रेस नेता केशवकुमार बुढाथोकीको निधन


झापा \ नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री केशवकुमार बुढाथोकीको निधन भएको छ । झापाको अर्जुनधारा निवासी बुढाथोकी कांग्रेस भित्र हक्की स्वभावका नेताको रुपमा चिनिन्थे । प्रोस्टेट क्यान्सर रोगबाट पीडित उनको उपचारको क्रममा सोमबार राति निधन भएको हो । नेपाली कांग्रेस अर्जुनधाराका सभापति हेमराज खरेलले उनको निधन भएको पुष्टि गरे ।

बिराट नर्सिङ होम बिराटनगरमा उनको उपचार भईरहेको थियो । उनी दुईपटक मन्त्री भएका थिए । उनी पञ्चायतकालमा जलस्रोत राज्यमन्त्री र पछिल्लो पटक सामान्य प्रशासन मन्त्री भएका थिए ।
लामो समय भारतमा उपचार गराएका बुढाथोकीलाई एकसाता अघिदेखि थप समस्या उत्पन्न भएपछि अस्पताल भर्ना गरिएको थियो । पार्टी भित्र आफ्ना विचार स्पष्टसंग राख्न सक्ने र सबैलाई मिलाएर अघि बढ्नुपर्छ भन्ने धारणा भएका नेता बुढाथोकीको निधनसंगै कांग्रेसलाई ठूलो क्षति पुगेको कांग्रेस नेताहरुको भनाई छ ।

Ads

सम्बन्धित पोष्टहरू