काठमाडौं । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको अभियोगमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेका व्यवसायी अरुण चौधरी रिहा भएका छन् ।
बुधबार उनलाई प्रहरीले छाडेको हो । जिल्ला अदालत काठमाडौंले चौधरीलाई थप बुझ्नुपर्ने भए दुई दिनभित्र सम्पन्न गर्न आदेश दिएसँग उनी छुटेका हुन् ।
चौधरीका साथै सोही प्रकरणमा पक्राउ परेका बाँसबारी छाला जुत्ता कारखानाका तत्कालीन कार्यकारी अध्यक्ष अजितनारायण सिंह थापा एवं अर्का व्यवसायी सञ्जय ठाकुर पनि रिहा भएका छन् । उनीहरु १८ माघमा पक्राउ परेका थिए ।
सीआईबीले पुनः म्याद थपका लागि सोमबार अदालत पेस गरेको थियो । तर, अदालतले दुईदिन थुनामा राखेर अनुसन्धान गरेर अनुसन्धान नसकिए हाजिरी जमानीमा छोड्न आदेश दिएसँगै उनीहरुलाई सीआईबीले अहिले छोडेको हो ।
प्रतिक्रिया दिनुहोस्