काठमाडाैँ । सत्तारुढ नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक सुरु भएको छ ।
प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृहमा बैठक बसीरहेको हो । आज सुरु भएको बैठक सोमबारसम्म चल्नेछ ।
बैठकमा माओवादी केन्द्रले चलाएको चार महिने विशेष रुपान्तरण अभियानको समीक्षा हुने जनाइएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको स्थिति, समसामयिक घटनाक्रम र अन्तर्राष्ट्रिय परिस्थितिबारे ब्रिफिङ गर्नेछन् ।
प्रदेशका इन्चार्जहरूले अभियानको रिपोर्टिङ गर्नेछन् । यो बैठकले नेताहरूको कार्यविभाजनसमेत गर्ने बताइएको छ । जसका कारण यो बैठक महत्त्वपूर्ण हुने माओवादी नेताहरूको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्