Ads

टेस्टेड र फेलियरहरूलाई किन उपकुलपतिको सर्टलिस्टमा राखियो ?


काठमाडाैँ । राष्ट्रियसभा सदस्य डा. विमला राई पौड्यालले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा परीक्षण भइसकेका मान्छेहरूलाई ‘सर्टलिस्ट’मा पारिएको भन्दै आपत्ति जनाएकी छन् ।
आइतबार राष्ट्रियसभाको बैठकमा पौड्यालले त्रिभुवन विश्वविद्यालयमा पहिले नै परीक्षण भइसकेका व्यक्तिहरूलाई उपकुलपतिको ‘सर्टलिस्ट’मा पारिएको भन्दै आपत्ति जनाइन् ।

‘टेस्टेड र फेल भएका अनुहारहरूलाई फेरि विश्वविद्यालयमा ल्याउन छानेका हो त्यो समितिले ? फेल भइसकेका मान्छेहरूलाई फेरि किन ल्याएको ? कहिले बौद्धिक चोरीको आरोप लागेका, कहिले अख्तियारबाट मुद्दा चलेका मान्छेहरुलाई किन ल्याएको विश्वविद्यालयको छनौटमा ?’ उनले प्रश्न गरिन् ।

विश्वविद्यालयको नेतृत्वमा रहेर पनि कुनै प्रगति गर्न नसकेका र विश्वविद्यालयलाई र्‍याङकिङमा पछाडि धकेल्नेहरू नै सर्टलिस्टमा परेका भन्दै पौड्यालले नियुक्तिमा राजनीतिक हस्तक्षेप हुन सक्ने आशंका व्यक्त गरिन् ।

छनोट समितिले पुरानै अनुहारलाई विश्वविद्यालयको नेतृत्व दिन लागेको हो भन्दै पौड्यालले प्रश्न गरिन् । बौद्धिक चोरीको आरोप लागेका र अख्तियारमा मुद्दा चलेकालाई किन उपकुलपतिको छनौट लिस्टमा राखियो भन्ने उनको प्रश्न थियो ।

Ads

सम्बन्धित पोष्टहरू